शैक्षिक प्रोत्साहन वृत्तिको अन्तिम नतिजा प्रकाशन (सूचीसहित)

शैक्षिक प्रोत्साहन वृत्तिको अन्तिम नतिजा प्रकाशन (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शैक्षिक प्रोत्साहन वृत्तिको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयका अनुसार शैक्षिक प्राेत्साहन वृत्ति पाउने ६९५ जना कर्मचारीका सन्तान रहेका छन् ।

सचिवालयले सूचीमा नाम समावेश भएका विद्यार्थीले सात दिनभित्र santati.mofaga.gov.np प्रणालीमा लग इन गरी अभिभावकको स्थायी लेखा नम्बर र बैंकसहितको विवरण अध्याविधक गरेपश्चात् कबुलियतनामा फाराम डाउनलोड गरी आफ्नो र अभिभावक कर्मचारीले कार्यालय प्रमुखको रोहवरमा गरेको कबुलियतनामा प्रणालीमा अपलोड गर्न अनुरोध  गरेको छ ।

अन्तिम नतिजा सूचीमा नाम समावेश भएका व्यक्तिको निर्देशिकाको दफा १८ बमोजिमको अवस्था भएमा तत्कालै जानकारी गराउन हुन पनि सचिवालयले सूसूचित गराएकाे छ ।

जानकारी नगराएको बखत शैक्षिक प्रोत्सासन वृत्ति रद्द गर्ने पनि उल्लेख गरिएकाे छ।