काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा डा अशेष ढुंगाना नियुक्त भएका छन् ।
न्याम्सका सह-कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. ढुंगानालाई डिनमा नियुक्त गरेका हुन् । मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐनअनुसार डा. ढुंगानालाई नियुक्त गरेका हुन् ।
उनी यसअघि वीर अस्पतालको मेडिसिन विभागमा प्रमुख थिए ।



























