झुन्डिएको अवस्थामा भेटिए पूर्वाधार विकास कार्यालयका कर्मचारी

झुन्डिएको अवस्थामा भेटिए पूर्वाधार विकास कार्यालयका कर्मचारी

मंगलसेन । अछाममा एकजना ओभरसियर मृत भेटिएका छन्। पूर्वाधार विकास कार्यालय, अछाममा कार्यरत ओभरसियर शमशेर खड्का मृत भेटिएका हुन् ।

चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्या लुंग्राका ३५ वर्षीय खड्का शनिबार बिहान करिब १० बजे झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।