काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेससहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् ।
प्रधानमन्त्रीदेखि मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्ध खानेपानी समेत नपाउँने दुखद विषय भएको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भीर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’
दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् ।
‘काठमाडौंको सुकुम्बासीहरु झण्डै एक सातादेखी खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडी खानेपानी माग्दै घेराउ र धर्ना उनीहरुले गरिरहेका छन् । म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोक्नुभयो ?’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तडपिनुपर्ने रु म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो रु के सुकुम्बासी मान्छे हो की होइन रु गरिबहरु मान्छे हो की होइन रु हो भने यही ठाउँको महलमा पानीको सप्लाई जाने र सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो ?’




























