काठमाडौं । स्थानीय बजारमा मङ्गलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सुनको मोल तोलमा रु तीन सयले बढेको छ भने चाँदी रु १५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९९ हजार निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३४५ मा खरिदबिक्री भइरहेको छ ।
जो मङ्गलबार एक तोला सुन रु एक लाख ९८ हजार ७०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा क्रयविक्रय भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




























