जनकपुर । भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान साढे ७ बजे मलंगवा नगरपालिका ४ का ३५ वर्षीय विसुन्द्रप्रसाद चौधरी र ४० वर्षीय नागेन्द्र ठाकुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियार थारुका अनुसार भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्दा पछाडि बसेका ठाकुरको कम्मरमा बाँधेको पटुकाभित्र १५ लाख ५० रुपैयाँ नेपाली तथा चालक चौधरीको साथबाट भारतीय रुपैयाँ दुई हजार ६४० बरामद भएको हो ।
यस विषयमामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




























