युवा नेतृ लक्ष्मीकन्या बुढाको “संकल्प यात्रा” विमोचन ।

युवा नेतृ लक्ष्मीकन्या बुढाको “संकल्प यात्रा” विमोचन ।

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का युवानेतृ तथा अब्बल क्रान्तिकारी लेखिका लक्ष्मीकन्या बुढा (क.प्रतिक्षा)द्वारा लिखित पुस्तक ‘संकल्प यात्रा’ विमोचन गरिएको छ ।

sankalpa-yatra-1738139388.jpeg

समाजवादी मोर्चा नेपालद्वारा आज प्रज्ञा भवन कमलादी काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभारः विचार गोष्ठी’ कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले संयुक्तरुपमा “संकल्प यात्रा पुस्तक विमोचन गरेका हुन् ।

अनुभूति संस्मरण पुस्तक ‘संकल्प यात्रा’ विमोचन गर्दै अध्यक्ष दाहालले कर्णालीको विकट भूगोलमा जन्मेर मुलुकको व्यवस्था परिवर्तनका लागि आफ्नो उर्जाशील जीवन संघर्ष र आन्दोलनमा बिताएकी लेखिका बुढाले सामाजिक न्याय र समानताका पक्षमा कलम चलाउँदै आएको बताए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सानै उमेरमा जनयुद्धमा होमिएकी कर्णालीको छोरीले संघर्ष र आन्दोलनको मर्मलाई पुस्तकमार्फत उल्लेख गर्नु सह्रानीय काम भएको बताए । लेखिकाले माओवादी आन्दोलनले नेपालको उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्रलाई सामाजिक न्याय र समानता दिलाउन खेलेको भूमिका तथा आफैपनि समकालीन युद्धमा लागेर आजको व्यवस्था ल्याउन गरेको योगदान, समर्पणका साथै यात्रा निर्वाध अगाडि बढाउने संकल्प गर्नुले नेपाली महिला नेतृत्वको क्षमता विकास भएको बताउँदै प्रवक्ता विश्वकर्माले उनको थप प्रगतिको कामना गरे ।

लेखिका लक्ष्मीकन्या बुढाले न्याय र समानतासहित सुन्दर एवं सभ्य समाज स्थापनाका लागि सामुहिक स्वार्थमा जीवन समर्पण गरिएको र त्यसको उद्देश्य पुरा नहुन्जेल यात्रा निरन्तर रहने ‘संकल्प यात्रा’ पुस्तकको मुख्य सार रहेको बताइन् । १७६ पेजको उनको यो पाँचौ कृति हो । यस अघि बुढाले चारवटा पुस्तक प्रकाशन गरिसकेकी छिन्।