काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् ।
देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरू देखाउँदै सात जना सांसदहरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेका छन् । थेरापी चलिरहेको कारण देखाउँदै उँनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराए ।
सभामुख घिमिरेका अनुसार प्रतिनिधि सभा सदस्यहरू लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनुपस्थित रहेका छन् ।
संसदमा गयल हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे ।
प्रतिनिभि सभाको मंगलबारको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ ।




























