काठमाडौं । शिक्षकहरूले एक महिना लामो सडक आन्दोलन स्थगित गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुसँग भएको ९ बुँदे सहमतिलाई अनुमोदन गरेपछि नेपाल शिक्षक महासंघले बिहीबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन स्थगित गरेको हो । करिब एक महिनादेखि अलपत्र परेको शैक्षिक गतिविधि अब सुचारु हुने भएको छ ।
यद्यपी, ऐन जारी नहुँदासम्म कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्न बिहीबार नै महासंघको बैठक बस्ने नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानीमाया पराजुलीले बताइन्।




























